आजको मौसम: देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने जनाइएको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। वर्षाले कृषि, स्वास्थ्य, पर्यटन तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन अनुरोध गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु