थारु कल्याणकारिणी सभालाई क्षेत्रीय अधिवेशनको चटारो, ७ वटा क्षेत्रको अधिवेशन सकियो, ३ वटाको बाँकी

कालिका, २ जेठ । थारु समुदायको छाता संस्था थारु कल्याणकारिणी सभा चितवन अधिवेशनको तयारीमा जुटेको छ ।

 

गाउँ इकाइ सम्म फैलिएको आफ्नो संगठनलाई व्यवस्थ्ति र विधिवत बनाउन गाउँ इकाई कमिटीहुँदै क्षेत्रीय अधिवेशनलाई तीब्र बनाइरहेको छ । १० वटा क्षेत्र बनाएर कामगर्दै आएको थाकसले अहिले सम्म ६ वटा क्षेत्रमा अधिवशेन सकेको छ । खैरहनी क्षेत्र न. ७ मा निर्वाचन प्रकृयामा जान बाँकी छ ।

 

यस्तै माडी र बेलोध प्रगन्नामा अधिवेशन बाँकी छ । प्रत्येक क्षेत्रवाट गाउँ इकाइ कमिटी हुँदै क्षेत्रीय समिति बनाउँदै आएको थाकसले अब दुई साता भित्र क्षेत्रीय अधिवेशन सक्ने तयारी गरेको छ । क्षेत्रमा १ जना सभापति सहित तीन जना उप सभापति, एकजना सचिव, सह सचिव, कोषाध्यक्ष र अन्य सदस्य गरी संख्याको आधारमा ११ देखि २१ जना सदस्य रहन सक्ने कमिटी बनाउँदै आएको छ ।

 

यसैबीच क्षेत्र नं. ९ को अधिवेशन आइवार सकिएको छ । अधिवेशनले धनिराम महतोको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उप सभापतिमा सानुकुमारी चौधरी, राधेश्याम चौधरी र राजु गुरौं रहेका छन् । यस्तै सचिवमा शिकेन्द्र चौधरी, सह सचिवमा कानुन चौधरी र कोषाध्यक्षमा सोन चौधरी रहेका छन् । समितिको अन्य सदस्यहरुमा जलियाकुमारी महतो, जियन महतो, रिता महतो, लजा कुमारी महतो, चान्मति दहित, गोड्स महतो, दिनेश चौधरी र फुलकुमारी चौधरी रहेका छन् ।

अधिवेशनवाट ८ जना जिल्ला प्रतिनिधि चयन भएका छन् ।

अधिवेशनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले थारु समुदायको साथ र सहभागीता विना सम्बृद्ध नगर बन्न नसक्ने बताए । समग्र नगरको विकास र सम्बृद्ध नगरपालिका बनाउन यहाँका थारु समुदायले सहयोगगर्नुपर्ने बताए ।

भूमीपुत्रको रुपमा रहेको थारु समुदायको राजनीतिक र आर्थिक विकासका लागि नगरपालिका सधै थारु कल्याणकारिणी सभासँग सहकार्य गर्न तयार रहेको मेयर रेग्मीले बताए । जितिया पर्व देखि नगर क्षेत्रमा आयोजनाहुँदै आएको थारु समुदायको हरेक कार्यक्रमलाई नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको समेत बनाए ।

कार्यक्रममा थारु कल्याकाणरिणी सभाका राजनीतिक सल्लाहाकार जयचन्द्रप्रसाद चौधरी, निर्वाचन संयोजक टिकेन्द्र चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरी, क्षेत्र नं. ६ का सभापति राधाकुमारी चौधरी, केन्द्रीय पार्षद लक्ष्मी चौधरी, स्थानीय जनप्रतिनिधि शान्ति महतो लगायले बोलेका थिए ।

क्षेत्रीय अधिवेशन सकिएको १५ दिनको अवधिमा जिल्ला अधिवेशन गर्ने थारु कल्याणकारिणी सभा चितवनको तयारी रहेको जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिए ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु