वन तथा वन्यजन्तु संरक्षणबारे विद्यार्थीलाई अभिमुखीकरण

सुवास घिमिरे । सेतोनेपाल –

चितवन, १९कार्तिक । चितवन राष्ट्रिय निकुञ्ज, कसरा र श्री प्रकृति संरक्षण शिक्षालयको सहजीकरणमा ग्रीन आर्मी नेपाल, चितवन निर्देशनालय र CBPU–सौराहाको समन्वयमा वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चितवनका ११ विद्यालयका ३० जना जुनियर क्याडेट्स कमाण्डरहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रम श्री प्रकृति संरक्षण शिक्षालयका सह–सेनानी सौरभ चौधरीको संयोजनमा सञ्चालन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रमुख सेनानी जन के.सी.ले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूमा वन तथा वन्यजन्तु संरक्षणप्रति सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो। त्यसैगरी CBPU–सौराहाका अध्यक्ष बसन्त रानाले वन्यजन्तु चोरी–शिकारी नियन्त्रण र जंगली जनावरबाट जोगिने उपायबारे जानकारी दिनुभयो।

ग्रीन आर्मी नेपाल, चितवन निर्देशनालयका निर्देशक जनार्दन ढकालले ग्रीन आर्मीको उद्देश्य र विद्यालयस्तरमा यसको महत्त्वबारे विस्तृत रूपमा जानकारी गराउनुभयो। चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा संरक्षण अधिकृत हेमराज आचार्यले निकुञ्जका नीति–नियम र वन्यजन्तु संरक्षणका उपायबारे विद्यार्थीहरूलाई जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा नयाँ गोरख गणका गणपति प्रमुख सेनानी शिवराम बस्नेतले निकुञ्जमा प्राप्त अनुभव बाँड्दै कार्यक्रम समापन गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय शमिपुरका वि.व्य.स. अध्यक्ष सोमबहादुर खड्का, प्र.अ. धर्मेन्द्र जङ्ग रायल, ग्रीन आर्मी शमिपुरका शिक्षक प्रतिनिधि इस्वरी लमिछाने, ज्ञानज्योति सेकण्डरी इङ्गलिश स्कुलका प्रबन्ध निर्देशक बुद्धिराज चापागाई, प्रिन्सिपल गणेश पुरी, पत्रकार सञ्जय चौधरी, सुभास घिमिरे, CBPU का पदाधिकारीहरू, सवारी चालक तथा श्री प्रकृति संरक्षण शिक्षालयका सेनानी राजकुमार दर्जी र नयाँ गोरख गणका सेनानी सन्तोष बहादुर चन्द लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

—00—

Share:

सम्बन्धित समाचारहरु