चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्टपार्नुभएको छ । सोमवार विहानै गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने विषय छलफल भएपछि तत्काल सम्भावना नभएको स्पष्टपार्नुभएको हो ।
केहीबुद्धिजीवीहरुवाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सुझाव आएपनि यो विषयमा गठबन्धन दलभित्र र अन्यदलभित्रपनि यो विषयमा छलफल नभएको बताउनुभयो । अध्यक्ष दाहालले राष्ट्रपतीले दिएको समय सीमाभित्रनै सरकार गठनहुने दावीगर्नुभयो । सरकार गठनगर्ने विषयमा दलहरुबीच छलफल भइरहेको बताउनुभयो । देशको नेतृत्वगर्ने अवसर पाए आफु जिम्मेवारी लिन तयार भएको समेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीमा दावी छ भन्ने विषयमा गठबन्धनभित्र औपचारिक कुराकानी नभएको उहाँले बताउनुभयो । सबैकुरा दाउमा लगाएर प्रधानमन्त्रीहुने रेसमा आफु नरहेको उहाँको भनाई छ ।
अध्यक्ष दाहालले विभिन्न राजनीतिक आन्दोलनको विषयमा सरकारले गरेको सम्झौता अनुसार सरकारले अध्यादेश ल्याएको स्पष्टपार्नुभयो । मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतका आन्दोलनको विषयमा सरकारले सम्झौता गरेअनुसारनै अध्यादेश ल्याएको बताउनुभयो । सरकारले ल्याएको यो अध्यादेश सामान्य प्रक्रिया रहेको उहाँको भनाई छ ।