कालिका नगरपालिका क्षेत्रमा विधुत जानेआउने समस्यावाट स्थानीय नागरिक आजित

चितवन, १७ साउन । चितवनको कालिका नगरपालिका क्षेत्रमा पटक- पटक विधुत जानेआउने समस्यावाट यहाँका नागरिक आजित भएका छन् ।

वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विधुतत उत्पादन गरेपनि विधुत आउने जाने समस्या सामाधान भएन । व्यापार व्यवसाय देखि खेतीपातिगर्ने किसानहरुलाई समेत समस्यापर्दै गएको छ ।अत्यधिक गर्मी बढेपनि पटक–पटक हुने अघोसित लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मी सहन बस्न बाध्य छन् ।

कालिका नगरपालिकाको पनि पदमपुर क्षेत्रमा अत्यािधक विद्युत आउने जाने भइरहेको लामो समय भयो । तर यो विषयमा विद्युत प्राधिकरण गम्भीर भएन । खेतिपातिको सिजन चलिरहेको छ । खेतवारीमा पानी हाल्न समस्या छ । यो ठाउँमा सतही सिंचाईको व्यवस्था छैन । कि वर्खाको भरपनुपर्छ कि ठाउँठाउँमा बनाइएको बोरिङको पानीमा निर्भर हुनुपर्छ । तर विद्युत आउने जाने समस्याले किसानले आफ्ना बालीनालीमा पानी लगाउन समेत पाएका छैनन् ।

यो विषयमा स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु टाँडी वितरण केन्द्र पुगेर ध्यानाकर्षण गराएका थिए । यस अघिपनि कालिका नगरपालिकाका मेयर विनोद रेग्मी स्वम् आफै प्राधिकरण पुगेर लाइन आउने जाने समस्या बारे ध्यानाकर्षण गराउन प्राधिकरण शाखा टाँडी पुगे । तर समस्या जस्ताको त्यस्तै छ । प्राधिकरण शाखा टाँडीले विद्युतको खपतबढी हुने समय भएकाले यस्ता खालका समस्या देखिएको बताए ।

पदमपुर क्षेत्रमा एकघण्टामा चारपाँच पटक सम्म विद्युत आउने जाने गरेको छ । यस्ले गर्दा कार्यालयमा प्रयोग भइरहेको विधुतय उपकरणहरुमा समेत क्षति हुनेगरेको छ । यहाँका सहकारी संस्था देखि बैंक तथा वित्तिय संस्थाहरुपनि चर्कोमारमा छन् । स्कुलमा अध्ययरत्त बालबालिका देखि सबै क्षेत्रमा विधुत आउने जाने समस्याले प्रभाव पारेको छ ।—00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु