चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जोखिम कायमै रहेको भन्दै आज राति ९ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।
हाल सडक एकतर्फी सञ्चालनमा भए पनि पहिरो खस्ने सम्भावना उच्च भएकाले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आवागमन रोकिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। सम्बन्धित सरोकारवालाहरुलाई निर्धारित समयमा सवारी चलाउन नपाइने जानकारी गराइएको छ।–00–


