चितवन, २७ चैत्र । नयाँ वर्षको अवसरमा चितवनको नारायणी नदी किनारमा भव्य सांगेतिक कार्यक्रम आयोजनाहुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले न्यूयर फेस्ट २०८२ आयोजनागर्न लागेको हो । यसलाई म्यूजिकल फर ब्लड नाम दिइएको छ ।
म्यानेजमेन्टले मिसन रेड अभियान अन्तर्गत चैत्र ३१ गते अपरान्ह ३ बजेदेखि नारायणीनदी किनार गुञ्जायमान बनाउनेगरी सांगेतिक कन्सर्ट आयोजनागर्ने तयारी गरिएको आज भरतपुर पत्रकार सम्मेलनगरेर जानकारी दिएको छ ।
नेपाली नयाँ वर्षको स्वागतगर्दै यस वर्षको अन्तिम दिनमा हुने सांगेतिक कार्यक्रममा १५ हजारबढी यूवायुवतिलाई नचाउनेगरी कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो दिनको सांगेतिक कार्यक्रममा नेपालका चर्चित पाँचवटा ब्यान्डको प्रस्तुति हुनेछ ।
मन्त्र व्यान्ड, कुटुम्ब ब्याण्ड, द एक्स ब्यान्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केहर एण्ड जोए गरी पाँच वडा व्याण्डहरुले नारायणी नदी किनारलाई सांगेतिक महोल बनाउनेछन् ।
एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगतको अभाव हटाउन मिसन रेड अभियान संचालनगर्दै आएको छ । युवाहरुलाई सांगेतिक कार्यक्रम मार्फत रक्तदान कार्यक्रमसँग जोड्नका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सौगात देवकोटाले जानकारी दिनुभयो ।
–00–