बाँकेको पूर्व पश्चिम राजमार्गमा बम पड्कियो बाटोमा पर्‍यो भ्वाङ

काठमाडौं, ३१ भदौं

बाँकेमा पूर्व पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका ९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’ उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ।

अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्। तस्बिर:रासस

Share:

सम्बन्धित समाचारहरु