हेटौंडा उपमहानगरपालिकाले सात महिनामा २२ करोड ४५ लाख भन्दाबढि राजस्व संकलन गर्यो

हेटौंडा हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख मनोज सुवेदीका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्षको संकलन अघिल्लो वर्षको तुलनामा केही वृद्धि भएको देखिएको छ।

चालु आवको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ भने घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार रुपैयाँ उठेको छ।

त्यस्तै, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार, पूर्वाधार सेवाको उपयोग करबाट दुई करोड ४४ लाख ४९ हजार, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार र व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार रुपैयाँ संकलन गरिएको छ।

अन्य बिक्रीबाट तीन करोड दुई लाख २३ हजार रुपैयाँ आम्दानी भएको उपमहानगरपालिकाले जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु