कालिका, १० असार । कालिका नगरपालिकाले आज ८१ कराेडबढीकाे बजेट आज ( आइतबार ) सार्वजनिक गरेको छ । आज आयाेजना गरिएको नगरसभामा उपमेयर विमला तमाङले गाैरवकाे याेजना सहित आर्थिक वर्ष २०८०/ ०८१ का लागि बजेट सार्वजनिक गरेकी हुन ।
आज सार्वजनिक गरिएको बजेटमा के के विषय समेटिएका छन त !
‘सम्बृद्ध कालिका, सुखी कालिकाबासी’
गौरवको योजना-
शक्तिखोरदेखि वडा न.११ को रन्तेस सम्मको बाटो, बुङखोला–थाङखोला बाढी नियन्त्रण व्यवस्थापन
– खोलेसिमलदेखि क्बल चोक, जुटपानी बाटो विस्तार र मोज्याक टायल सहितको पैदल यात्रामार्ग निर्माण
–उज्यालो कालिका –हाइमाक्स लाईट जडान
–सिन्ति झरना, गैरिवारी झरना, उदमयपुर पार्क, भीमवली पार्क,
–सबै नागरिकको पहु्ँचमा स्वच्छ खानेपानीको व्यवस्थापन
नियमित आयोजना
– स्वास्थ्यसेवा, उपचारलाई प्रभावकारी बनाउने
– कृषि, पशुपालन उद्यम र पर्यटन क्षेत्रबाट आयआर्जनगर्न पूर्वाधार विकासगर्ने
– मह, च्याउ, केरा, कोदो, फाँफर र पिडालु जस्ता स्थानीय उत्पादनलाई (गुणात्मकबृद्धी)मेक इन कालिका प्रतिक चिन्ह राखि बजारीकरणगर्ने
– स्वच्छ कालिका, हरित कालिका अभियान संचालनगर्ने, यसमा जलाधार क्षेत्रको संरक्षण, पोखरी निर्माण, पानीको मुहान तथा सिमसार क्षेत्र संरक्षण वन वनस्पितको संरक्षण र दीगो उपयोगगरी रोजगार सृजनागर्ने ।
– नगर गुरुयोजना बमोजिम सडक संजाल विस्तार, स्तरउन्तोति र मर्मत सम्भार
– नागरिक सहायकता कक्षवाट सेवा प्रदानगर्ने‘जनतासँग नगर प्रमुख कार्यक्रम नागरिक समाज तथा सामुदायिक संघ संस्थासँग हातेमालोगरि संचालनगर्ने ।
गतवर्षको प्रगती
– नगरपालिकाको विगत आर्थिक वर्षदेखि आर्थिक वर्ष २०७८÷०७९ सम्म कूल बेरुजु १९ करोड २२ लाख ५२ हजार ५ सय ३९ रुपैयाँ रहेकोमा यसवर्ष बेरुजु फस्र्याैटको वर्षको रुपमा लिइ कार्य योजनाका साथ हाल सम्म रु १५ करोड ३१ लाख ९५ हजार ५ सय ३९ रुपैयाँ बेरुजु फस्यौट गरिएको छ । शुन्य बेरुजुको नीति अनुसार आर्थिक वर्ष २०८० ÷०८१ मा नगरपालिकाको बेरुजु फस्यौट गरिनेछ ।
– कालिका नगरपालिकाले प्रशासकिय कार्यविधि( खर्च मापदण्ड तथा आन्तरिक नियन्त्रण ) नियम २०७९ बनाई प्रभावकारी कार्यान्वयनमा ल्याएको छ ।
– नगरक्षेत्रको शहरी क्षेत्रका सबै मुख्य सडकहरु कालोपत्रे भइसकेको छ ।
– सहायक सडकहरु स्तरउन्नती र नया“ ट्रयाक खोल्ने कार्य निरन्तर रुपमा अगाडी बढेको छ ।
– नगरको पहाडीक्षेत्र वडा नं. ११ कार्यालय जोड्ने सडक तीब्र रुपमा स्तरउन्नतीगर्ने कार्यभएको छ ।
– सडक दुर्घटनालाई न्यूनिकणगर्न खोलेसिमलवाट क्लबचोक सम्म बाटो विस्तार र मोज्याक टाइल सहितको पैदल मार्ग यसैवर्ष सम्पन्नहुनेछ ।
– वडा न.. १० को कार्यालय भवनको निर्माण कार्यपनि यसैवर्ष सम्पन्नहुनेछ ।
– नगरपालिकाको आफ्नै प्रशासकिय भवनको निर्माण कार्य यसैवर्ष सम्पन्नगरी आर्थिक वर्ष २०८० ÷०८१ वाट सोहीभवनवाट सेवा प्रदानगर्ने तयारी छ ।
– १० र ११ नम्बरको वडालाई सहज बनाउन झोलुगेंपुल र नगरक्षेत्रमा अन्य कल्वर्ट निर्माण तथा विस्तारको योजना यसैवर्ष सम्पन्नहुने चरणमा छ ।
– आर्थिक विकास तर्फ सहकारी र समुहसँगको सहकार्यमा केराखेती अनुदान, मौरीपालन अनुदान, तरकारीखेती अनुदान, बाख्रा पालन, वंगुरपालन तथा पशुपालन व्यवसाय दुग्ध उत्पादनमा अनुदान तथा नवितम प्रविधि हस्तान्तण गरिएको छ ।
– यसवर्ष लटौली, दैतेस, बनकट्टा, भीमोदय उच्च माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय र रेडक्रस माध्यमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ ।
– सामुदायिक विद्यालयलाई यातायात सुविधा उपलव्धता गराउन यसवर्ष दुईवटा विद्यालयलाई एकएकवटा बस उपलव्ध गराएको छ । जमुना माध्यमिक विद्यालय र रेडक्रस माध्यमिक विद्यालयलाई स्कुल बस दिने कार्य यसैवर्ष सम्पन्नहुनेछ ।
– सिंचाईका लागि कुलो निमार्ण, स्तरउन्नोती तथा सफाई, तटबन्धन जस्ता कार्यहरु भएका छन् ।
– अव्यवस्थित बसोबास, दलित भूमिहीन, सुकुम्वासीहरुको लगत संकलन र प्रमाणीकरणको काम भइरहेको साथै जग्गा वर्गीकरण गरेको अन्तिमचरणमा पुगेको छ ।
– थाङखोला–बुङखोलालाई व्यवस्थापन योजनाकार्य प्रारम्भ भएको छ । समग्रखोला व्यवस्थापनका लािग डिपिआरको तयारी सुरु भएको छ ।
आगामी वर्षको बजेट
आन्तरिक आय – ११ करोड
राजश्व बाडफाँडवाट – १६ करोड ९६ लाख ९७ हजार रुपैयाँ
जनसहभागीता, बेरुजु अन्य – ६० लाख
अन्तरसरकारी वित्तीय हस्तान्तरण संघ तर्फ – रु ४२ करोड ७० लाख
अन्तरसरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकार तर्फ – रु ३ करोड ६० लाख ८३ हजार
सडक बोर्ड र जिल्ला समन्वय समितिवाट – रु ९० लाख
गतवर्ष जिम्मेवारी – रु ६ करोड
जम्मा ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट
पुनश्च, यसवर्ष आन्तिरक आम्दानीमा ४ करोड वृद्धिगर्ने लक्ष्य लिएर नीति तथा कार्यक्रम अनुसार जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा राजश्व बृद्धि अभियान संचालनगर्ने ।
विनियोजन तर्फ (खर्च )
– वडा सिलिङ र वडालाई दिइएको नगरस्तरिय योजना सिलिङ तर्फ १४ करोड ४९ लाख ८५ हजार रुपैयाँ
– पूर्वाधार विकासतर्फ– रु १३ करोड ५० लाख ६२ हजार रुपैयाँ मध्ये
गौरवको योजनालाई रु ९ करोड १० लाख
– अधुरा कर्मगत योजनापुरागर्न – रु १ करोड ७० लाख रुपैयाँ ।
– आर्थिक विकास तर्फ –रु १ करोड ३४ लाख ६५ हजार रुपैयाँ ।
– विप्द वन, फोहोरमैला वातावरण व्यस्थापन तर्फ – रु १ करोड ४७ लाख रुपैयाँ ।
– सुरक्षा तथा शासन तर्फ – रु ५० लाख रुपैयाँ ।
– कार्यालय संचालन तथा प्रशासनिक – रु १० करोड रुपैयाँ ।
– शिक्षा युवा तथा खेलकुद – रु २ करोड ५७ लाख ४१ हजार ।
– स्वास्थ्य तर्फ – रु, १ करोेड २८ लाख ४५ हजार रुपैयाँ ।
– समपुरक तथा संघसंस्था साझेदारी – रु १ करोड ८५ लाख रुपौयाँ ।
– उद्योग तथा उद्यमशिलता तर्फ – रु २१ लाख रुपैयाँ ।
– भवन तथा वस्ती विकास तर्फ – रु ६२ लाखा रुपैयाँ ।
– सूचना प्रविधि, राजश्व सुधार तर्फ – रु २९ लाख रुपैयाँ ।
– महिला बालबालिका तर्फ – रु ५२ लाख रुपैयाँ ।
– संघीय सरकारको, शसर्त शिर्षकको कार्यक्रम – रु २६ करोड ९६ लाख ।
– प्रदेश सरकारको शसर्त शिर्षकको कार्यक्रम – रु २ करोड १९ लाख ८२ हजार ।
विशेष अनुदान संघतर्फ १ करोड ५० लाख रुपैयाँ ।
समपुरक अनुदान संघतर्फ ७५ लाख ।
नगरसभमाले विषय पुरक बजेट भने असार २५ गतेमात्रै सार्सार्वजनिक गर्ने कार्यक्रम छ । कुन वडालाई कति बजेट, कुन शिर्षक कति बजेट विनियोजन गर्ने बारे २५ गतेकाे सभामा सार्वजनिक हुनेछ ।
–00–


