हमासले सार्वजनिक गर्‍यो रिहा गर्न लागेका २० बन्धकको नाम, नेपाली विपिन जोशी सूचीमा छैन

काठमाडौं ।


प्यालेस्टिनी समूह हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ, तर सो सूचीमा नेपालका विपिन जोशीको नाम समावेश गरिएको छैन।

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले आइतबार सार्वजनिक गरेको सूचीमा सबै इजरायली नागरिक रहेका छन्।
जोशीको अवस्था भने अझै अस्पष्ट रहेको र उनको उद्धार वा रिहाइबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताइएको छ।

बीबीसीका अनुसार, सार्वजनिक गरिएको सूचीमा रहेका नामहरू यसप्रकार छन् —
बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, सेगेभ काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ–डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो।

इजरायल–हमास युद्ध सुरु भएको एक वर्षभन्दा बढी भइसकेको छ। उक्त युद्धका क्रममा जोशीसहित दर्जनौँ विदेशी कामदार बेपत्ता भएका थिए।

Share:

सम्बन्धित समाचारहरु