चितवन – नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा जेन–जी समूहले तोडफोड गरेका छन् । भण्डारा स्थित घरभित्र पसेका प्रदर्शनकारीहरूले घरभित्रका सामग्री तोडफोड गर्नुका साथै बाहिर निकालेर आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरूले घरभित्र रहेका टेबुल, कुर्सी लगायतका फर्निचर बाहिर ल्याएर आगो लगाएका थिए । यस्तै सुत्ने म्याटदेखि आवश्यक कागजपत्रसम्म सडकमा ल्याएर जलाइएको प्रहरीले जनाएको छ ।
घटनापछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।–00—


