खैरहनी नगरपालिकामा जेन–जी समूहको तोडफोड, कार्यालयका सामग्री नष्ट

चितवन –जेन–जी समूहले चितवनको खैरहनी नगरपालिकामा तोडफोड गरेका छन् । सोमबार प्रदर्शनकारीहरूले नगरपालिकाको मूलगेट फुटाएर कार्यालयभित्र प्रवेश गरेका थिए ।

प्रदर्शनकारीहरूले मूलगेटमा आगजनी गर्नुका साथै नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । उनीहरूले प्रमुख र उपप्रमुख चढ्ने सरकारी गाडी समेत क्षतिग्रस्त बनाएका छन् । तोकिएका कार्यकक्षभित्र रहेका टेलिभिजन, कुर्सी लगायतका सामग्री समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । घटनापछि क्षेत्रलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ

।–00–

Share:

सम्बन्धित समाचारहरु