काठमाडौंमा राजावादी प्रदर्शन: प्रहरीले लाठीचार्ज, कमल थापा पक्राउ

काठमाडौं,, १८ जेठ  । राजधानी काठमाडौंमा आइतबार आयोजित राजावादी प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू १५ जेठदेखि काठमाडौंमा आन्दोलनरत छन्। नक्सालस्थित नारायणचौरबाट बालुवाटारतर्फ मार्च गर्न खोज्दा प्रहरीले उनीहरूलाई अवरोध गरेको थियो। तर, प्रदर्शनकारी जबरजस्ती अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको हो।

लाठीचार्जका क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ।

प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

Share:

सम्बन्धित समाचारहरु