सुनको भाउ फेरि लाख नाघ्यो

काठमाण्डौ । साताको पहिलो दिन आइतबार आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु