प्रधानमन्त्री सुशीला कार्कीको घोषणा : मृतकलाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्ने र उनीहरूको परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार मृत्यु भएका ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी, र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन्, जसको हाल उपचार भइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले घाइतेहरूको सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने निर्णय पनि गरेको बताइएको छ। –00–

मुख्यसचिव अर्यालका अनुसार आन्दोलनको क्रममा देशभरका धेरै सरकारी र निजी भवनहरूमा तोडफोड भएको छ, जसले ठूलो मात्रामा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको छ ।

Share:

सम्बन्धित समाचारहरु