फागुन २२ काठमाडौँ । आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस ३४.१७ अमेरिकी डलरले बढेको छ। यसअनुसार प्रतिऔँस मूल्य १९७०.६७ अमेरिकी डलर पुगेको छ।

खासगरी रुसले गरेको युक्रेनमाथिको आक्रमण र त्यसपछि पश्चिमा राष्ट्रले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धलाई पनि सुनको मूल्यवृद्धिको कारण मानिएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु