काठमाडौं, १२ साउन । –
काठमाडौंको सुन्दरीजल खोलामा फसेका पाँचजनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
आज बिहान करिब २:३० बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरनजिक नुहाउने क्रममा अचानक खोलामा पानीको बहाव बढेपछि उनीहरू बिचमा फसेका थिए। उद्धार गरिएका व्यक्तिहरूमध्ये चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
उनीहरूलाई चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीहरूको सहयोगमा सुरक्षित स्थानमा ल्याएको हो। नेपाली सेनाका अनुसार खोलामा पानीको बहाव एक्कासी बढेपछि उद्धारको आवश्यकता परेको थियो। हाल सबै जनाको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।–00–


