भरतपुर भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकासिनेछः प्रधानमन्त्री दाहाल

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताउनुभएको छ ।

नारायणीनदी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममालाई संवोधन गर्दै प्रधानमन्त्री दाहालले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्षपनि ऐतिहासिकहुने दावीगर्नुभयो । सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न भ्रमणवर्षले महत्वपूर्ण भूमिका खुल्ने उहाँको भनाई छ । ‘ देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ उहाँले भन्नुभयो ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’

 

प्रधानमन्त्री दाहालले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाउनुभयो । ‘कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई आधार बनाएर अगाडि बढिरहेको छ उहाँले थप्नुभयो। यस महानगरपालिकामा पर्यापर्यटन, खेल , धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमश अगाडि बढ्दै छ । समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु छन । प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले गरिएको भ्रमण वर्ष ऐतिहासिक कदम हो उहाँले भन्नुभयो ।

Share:

सम्बन्धित समाचारहरु