कालिकाका ३५ वटा विद्यालयलाई समावेशी अतिरिक्त क्रियाकलाप तथा खेलकुद सामग्री वितरण

"समावेशी शिक्षा परियोजना"

कालिका, २१ कात्तिक । समावेशी शिक्षा परियोजना अन्तर्गत कालिका नगरक्षेत्रभित्रका ३५ वटा सामुदायिक विद्यालयलाई समावेशी अतिरिक्त क्रियाकलाप तथा खेलकुद सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।

अटिजम केयर चितवन सोसाईटीले कालिका नगरपालिकाको सरकारी विद्यलयहरुमा संचालन गरेको तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी अतिरिक्त क्रियाकलाप तथा खेलकुद सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । अपाङ्गता भएका, कार्यगत सीमितता भएका र अन्य सबै बालबालिकालाई सहभागी गराएर समावेशी खेलकुद गराउने मुख्य उद्देश्य हो । ‘विद्यालय स्तरमा अतिरिक्त क्रियाकलाप पहिले देखिनै हुँदै आएपनि स्थानीय स्तरमा खेलाईने खेलकुदहरुमा समावेशीता देखिने गरेको थिएन, त्यसैले समावेशिता सुनिश्चत गर्न स्थानीय स्तरमा खेलाईने खेलकुदहरुमा नै बालबालिकाहरूको कार्यात्मक कठिनाईको आधारमा अपाङ्गता भएका, कार्यगत सीमितता भएका र अन्य सबै बालबालिकाहरूको अनुकूल हुने गरी खेलकुद छनौट गरी STEP मोडेलमा खेलकुद सञ्चालन गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाको अपाङ्गता समन्वय समितिका उपाध्यक्ष श्री चन्द्रा पौडेल अपाङ्गता समावेशी सुनिश्चितता विद्यालयमा हुनु पर्छ भन्ने उद्देश्यले कार्यक्रममा सहभागी हुनु भएको थियो। साथै कालिका नगरपालिकाको शिक्षा अधिकृत  चन्द्रा शर्माद्वारा कार्यक्रम अनुगमन तथा सामाग्री हस्तान्तरण भएको थियो ।

क्यारेम बोर्ड, चेस, लुडो, स्नेक बोर्ड, भलिबल, फुटवल, ब्याडमिन्टन, पज्जल बोर्ड, ब्लक, सिट्टी, सर्टफुट लगायतका सामग्री हस्तान्तरण गरिएको अटिजम केयर चितवन सोसाइटीका अपाङ्गता समावेशी अधिकृत सुशील मगरले जानकारी दिनुभयो । ३ लाख ५६ हजार ९ सय ७० मूल्य बराबरको अतिरिक्त क्रियाकलाप तथा खेलकुद सम्बन्धी सामग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रभित्रका ३५ वटै सरकारी विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो ।

खेलकुद सामग्री वितरण अघि ३५ वटै विद्यालयका शिक्षक एवम् प्रतिनिधिहरुसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । अपाङ्गता भएका, कार्यगत सीमितता भएका र अन्य सबै बालबालिकाहरुलाई समावेशी अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको थियो ।

समावेशी अतिरिक्त क्रियाकलाप तथा खेलकुदले बालबालिकाहरुको शारीरिक, मानसिक साथै सहभागी हुन पाउँदाको मित्रवत भावना, क्षमता विकास र अवसरलाई सदुपयोग गरी उत्कृष्ट प्रतिभा प्रस्फुटन गरी बालबालिकाको उत्प्रेरणा जगाउने कार्यमा टेवा पुग्ने अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षक खगेश्वर आचार्यले बताउनुभयो । छोटो समयको अभिमुखीकरण कार्यक्रमले हामीलाई थप जिम्मेवार बनाएको छ उहाँले भन्नुभयो –‘ हामी धेरै खुशी छौं । ’

कालिका नगरपालिकामा दुई बर्षदेखि निरन्तर यो परियोजना सञ्चालनमा छ । कालिका र भरतपुर महानगर गरी १ सय ४७ वटा सरकारी विद्यलयहरुमा यो कार्यक्रम संचालन भइरहेको छ ।

—000—-

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु