दुबई, २६ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएई र आवद्ध जातीय संस्थाहरूको आयोजनामा ३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस दुबईस्थित Club SK–7 मा भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास यूएईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईंले उद्घाटन गर्दै विदेशमा रहेर नेपाली संस्कृतिको जगेर्ना गर्न आदिवासी जनजातिहरूले गरेको प्रयासलाई प्रशंसनीय बताएका थिए।
कार्यक्रममा विभिन्न जातीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नृत्य तथा भेषभूषा प्रदर्शनीले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

महासंघ यूएईको २०२३–२०२५ कार्यसमितिको कार्यकाल सकिएसँगै गत २० जुलाई र २६ जुलाईमा सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको थियो।
सोही अनुसार थारु कल्याण सभा (थाकस) यूएईका सभापति भागरथी कुमार भगतलाई २०२५–२०२७ कार्यकालका लागि महासंघ यूएईको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरियो। कार्यक्रमकै दिन भगतलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेेका छन् ।

यस अवसरमा आयोजना गरिएको वार्षिक Mr. & Miss Indigenous UAE 2025 प्रतियोगितामा थाकस यूएईका किसन लाल चौधरीले Mr. Indigenous UAE 2025 को उपाधि जिते भने Miss Indigenous UAE 2025 को उपाधि सुनुवार सेवा समाज शाखा यूएईकी देवी माया सुनुवारले प्राप्त गरिन्।

महासंघ यूएईका नयाँ अध्यक्ष भागरथी कुमार भगत, उपाधि विजेता प्रतिभागीहरू तथा सम्पूर्ण कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
अध्यक्ष भगत मोरङ्ग जिल्लाकाे ग्रामथान गाउपालिका – 3 (भौवाडी )का स्थायी बासिन्दा हाे ।
–00–


