कालिका नगरपालिमा आयोजना गरिएको निशुल्क बाथरोग शिविरमा १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराए

चितवन(कालिका), १२ बैशाख । बाथका विरामीलाई लक्षित गरेर कालिका नगरपालिमा एकदिने निशुल्क बाथरोग शिविर आयोजना गरिएको छ ।

कालिका नगरपालिकाको समन्वयमा अल्पाईन पोलिक्लिनिक प्रा.लिले शिविर आयोजना गरेको हो । वडा नं। ४ स्थित पदमपुर स्वास्थ्य चौकी (हेल्थपोष्ट)मा आयोजना गरिएको शिविरको उद्घाटन नगर प्रमुख विनोद रेग्मीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रलाई सहज बनाउन नगर अस्पताललाई व्यवस्थित बनाउने अभियानमा आफुहरु जुटेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले बेला बेला विभिन्न संघसंस्थासंगको सहकार्यमा विभिन्न खालका स्वास्थ्य शिविर समेत संचालनगर्दै आएको जानकारी दिनुभयो ।

वडा नं। ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, वरिष्ठ बाथरोग विशेषज्ञ डा.प्रयुश शर्मा, डा.विधान न्यौपाने, कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारी लगायत उपस्थित रहनुभएको थियो । शिविरमा ६५ जना महिला सहित १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणको क्रममा २० भन्दाबढीमा बाथ रोग देखिएको छ । यस्तै ५ जनामा सुगर समेत भेटिएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु