पौने पाँच लाखको लागतमा दुई ठाउँमा पुल निर्माण

फाल्गुन ३, चितवन । बूढी राप्तीमा निर्माण गरिएको दुई वटा पुलको आयव्यय सार्वजनिक गरिएको छ । करिब ४ लाख ७६ हजार रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुलको आयव्यय बुधबार सार्वजनिक गरिएको हो।

पुल निर्माण उपभोक्ता समितका संयोजक मीनबहादुर लामाका अनुसार पुल निर्माणको लागि रत्ननगर नगरपालिका वडा न ८ बाट तीन लाख र वडा न ७ बाट एक लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। यस्तै रत्ननगर नगरपालिकाबाट समेत ७६ हजार रूपैयाँ बजेट पाएपछि निर्माण सम्पन्न गरेको संयोजक लामाले जानकारी दिए।

वडा नं।८ मा पर्ने दोभानमा निर्मित पुलले वारि बाघमारा र पारि बाघमाराका साथै सुकुमबासी बस्तीलाई आउन जान सहज हुने पुल निर्माण समितिका सचिव मथुरा चौधरीले जानकारी दिए। डुङ्गाघाटको पुलले भने चित्रसारी, गोठौली र सिसुवार क्षेत्रका स्थानीयलाई यातायातमा सहज हुने उनले बताए।

खोलाको वारिपारि बस्ती भए पनि लामो बाटो घुमेर जाुनपर्ने बाध्यताको अन्त्य गराउनका लागि नगर र वडा तहबाटै बजेट व्यवस्थापन गरेर दुई वटा पुल निर्माण गरिएको वडा नं. ७ का अध्यक्ष सजना महतोले जानकारी दिए। स्थानीयको माग र उनीहरूको सहजताको लागि आवश्यक काम गरिएको उनको भनाइ छ।

Share:

सम्बन्धित समाचारहरु