मूल्यसूची राखेर सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर गरिने विज्ञापन बन्द गर्न निर्देशन दिएको छ ।

विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा बालचार्ट टाँस नगर्न र टाँस गरेको भए तत्काल हटाउन मन्त्रालयले निर्देशन दिएको छ ।

यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

Share:

सम्बन्धित समाचारहरु