सप्तरीमा ३ वर्षीया बालिका मृत अवस्थामा फेला

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा एक ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहान घर नजिकैको झाडीमा मृत अवस्थामा भेटिएकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारजनले खोजी थालेका थिए।

खोजीका क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको छ।

बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको छ।

Share:

सम्बन्धित समाचारहरु