चितवनको माडीमा एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चैत ७ चितवन। चितवनमा एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ५ का ३७ बर्षिय सुरज लामिछाने पक्राउ परेका हुन् ।माडी १ बरुवास्थित श्री सोमेश्वर उच्च माविका शिक्षक लामिछानेविरुद्ध आफ्नै विद्यालयको कक्षा ९ मा अध्ययनरत १५ वर्षीया नाबिलाकालाई यौन दुर्व्यवहारको उजुरी परेको छ ।

नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ गते आइतबार उनीविरुद्ध यौन दुर्व्यवहारको जाहेरी दिएका थिए । परिवारको जाहेरीपछि आइतबार नै उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु