छिमेक लघुवित्तले दियो ४१ जना महिलाहरुलाई तीनदिने व्यवसायिक अचार बनाउने तालिम

कालिका, १९ माघ । छिमेक लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको व्यवसायिक अचार बनाउँने तालिम शुक्रवार सकिएको छ । आफ्ना इकाई समुहका ४१ जना महिलाहरुलाई व्यवसायिक अचार बनाउँने तालिम दिएको हो ।
तीनदिन सम्म आयोजना गरिएको तालिममा मुलाको अचारदेखि खुकुराको मासुको अचार, माछाको अचारसँगै गुन्द्र्रुकको अचार समेत बनाउन सिकाइएको थियो ।

 

घरमा दैनिक जसो उपभोगहुने अचारलाई व्यसायिक रुपमै संचालनगर्न सकिनेगरी तालिम आयोजना गरिएको छिमेक लघुवित्त वित्तीय संस्था कालिकाका शाखा प्रबन्धक ऋणराम तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार कालिका, रत्ननगर र इच्छाकामना गाउँपालिका क्षेत्रका ४१ वटा ईकाइ समुहवाट एकएकजनागरी ४१ जना महिलाहरुलाई तालिममा सहभागि गराईएको हो । यो आधारभूत तालिम हो । आवश्यकताका आधारमा अहिले सिकेका दिदिबहिनीहरुले व्यवायिक रुपमै अचार बनाएर आत्मनिर्भर बन्ने प्रयास गरे थप एडभान्स लेभवलको तालिम पनि आयोजना गर्न सकिने उहाँले बताउनुभयो ।

तालिममा नवलपुरको कावासोतीबाट बसुन्धरा शर्माले सहजिकरण गर्नुभएको हो । कालिका नगरपालिकामा छिमेक लघुवित्त वित्तीय संस्थासँग आवद्ध १ सय ९ वटा इकाईहरु छन् । १८ सय ३६ जना ग्राहक सदस्यहरु हुनुहुन्छ ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु