महानगरको चेतावनी पछि काँग्रेसका म्यानपावर व्यवसायीले तिरे फन पार्कको कर

भदौ १६, काठमाडौ । भृकुटीमण्डपस्थित काठमाडौँ फन पार्कले कर बुझाएको छ । काठमाडौँ महानगरपालिकाले कर नबुझाए शिलबन्दी गरिदिने चेतावनी दिएपछि फन पार्कले कर बुझाएको हो ।

महानगरले २४ घण्टे असल्टमेटम दिएपछि फन पार्कले आज १७ लाख ३७ हजार कर दाखिला गरेको हो ।

बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो ।

काठमाडौं फनपार्क पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु