कालिका, ३ असोज । संविधान दिवस २०८० को अवसरमा कालिका नगरपालिकाले दीप प्रज्वलन गरेको छ ।
रेडक्रसग्राम स्थित कार्यालय अगाडीको चोकमा नेपालको नक्सा बनाई बुधवार साँझ दिप प्रज्वलन गरेको हो । दीप प्रज्वलन कार्यक्रमलाई संवोधनगर्दै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले संविधानलाई विभिन्न आन्दोलनवाट प्राप्त उपलब्धिको रुपमा लिन आग्रह गर्नुभयो । संसारकै उत्कृष्ट संविधान हामीले पाएकाले यसलाई कार्यान्वयनमा जोडदिन आवश्यक रहेको बताउनुभयो ।
जनआन्दोलनको उपलब्धिको रुपमा प्राप्त संविधानलाई कमजोर बनाउने तर्फ लागे नेपालले ठूलो क्षति भोग्नुपर्ने तर्फ सचेतगराउँदै नगर प्रमुख रेग्मीले यसलाई सबै मिलेर कार्यान्वयनमा जोडदिने बेला भएको बताउनुभयो । संघ, प्रदेश र स्थानीयतवाट नागरिकलाई सेवा दिन संविधानले बाटो खुल्ला गरेको कारण टोलटोलमा विकास पुग्न थालेको भन्दै नगर प्रमुख रेग्मीले यसलाई प्रभावकारी कार्यान्वयनगर्न सके यहि संविधानवाट मूलुकले परिवर्तन पाउने दावी गर्नुभयो ।
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको योगदानलाई समेत नगर प्रमुख रेग्मीले स्मरणगर्नुभयो । निकै संघर्षगरेर ल्याइएको संविधानलाई संघदेखि प्रदेशहुँदै स्थानीय तहमा पनि प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायत स्थानीय अगुवाहरुको सहभागीता थियो ।












—-000–


