चितवन , २२ फागुन । पूर्वी चितवनको भण्डारामा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे अङ्कुरम् एकेडेमीको बसको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।
भरतपुरबाट लोथरतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ क ०८९२ नम्बरको स्कुल बसले राप्ती नगरपालिका वडा नम्बर ५ खहरेपुल नजिकै सोहि दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका वडा नम्बर ४ निवासी ४५ वर्षिय बिष्णुभक्त श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –00–


