श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योगको खाता रोक्का, २० बालबालिका उद्धार

बागमती । श्रम कानुनको बेवास्ता गर्ने उद्योग–प्रतिष्ठानमाथि कारबाही तीव्र पार्दै Cले दुई प्रतिष्ठानको बैंक खाता रोक्का गरेको छ।

कार्यालयले १७५ उद्योग–प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा गम्भीर उल्लङ्घन भेटिएपछि उक्त कदम चालेको हो। कार्यालय प्रमुख रुद्रनारायण साहका अनुसार अनुगमनकै क्रममा होटल तथा विभिन्न उद्योगमा काम गरिरहेका २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नाबालिकलाई श्रमिकका रूपमा प्रयोग गर्ने रोजगारदाता तथा प्रतिष्ठानलाई २ लाख २५ हजार रुपैयाँ जरिवाना तथा २२ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा अधिकांश साना उद्योग–प्रतिष्ठानले नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिक नतोकिने, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेको पाइएको प्रमुख साहले बताए। यस अवधिमा कार्यालयमा परेका ४५ वटा श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा फछ्र्योट गरिएको जनाइएको छ। हालसम्म होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान कार्यालयमा सूचीकृत रहेका छन्।—000–

Share:

सम्बन्धित समाचारहरु