बालेनको जवाफ- अदालत र सरकार भारतको गुलाम भए, कुनै कानून र अदालतलाई मान्दिनँ

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै पनि अदालत र कानूनको कुरा नमान्ने बताएका छन् ।

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएलगतै उनले यस्तो बताएका हुन् ।

उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा कुनै कानून र अदालत नमान्ने बताए । मेयर साहले आफूलाई भारतीय चलचित्रको प्रदर्शन रोक्दा स्टन्ट गरेको भनेर सरकारले आरोप लगाएको बताए । अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको स्वीकार्नु रहेको बालेनको आरोप छ ।

‘हिन्दी चलचित्र ‘आदिपुरुष’ का लेखकले नेपाल भारतको अधिनमा थियो भन्नेबाटै उनीहरुको नियत थाहा हुन्छ ।’, उनले भनेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

उनले आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा कुनै पनि हिन्दी फिल्म चलाउन नदिने स्पष्ट पारेका छन् ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । सोही बिरोधमा हल सञ्चालकहरु हिजो उच्च अदालतमा रिट दायर गरेका थिए ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु