कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवारी दिएका लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरलाई पराजित गरेका हुन्। घर्ती मगरले १ हजार ४४६ मत पाए।

यस क्लस्टरमा तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरे।

आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ, डा. गङ्गालक्ष्मी अवाल, रेणुका काउछ मगर, सपनाराज भण्डारी जोशी, सीताकुमारी राना मगर, प्रमिला राई, लीलादेवी बोखिम लिम्बू र पुनम लामा निर्वाचित भएका छन्।

त्यस्तै, खुलातर्फ १२ पदमा तीर्थ लामा, ई. अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

 

Share:

सम्बन्धित समाचारहरु