नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । जेनजी समुहले काठमाण्डौको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् । डिजिटल पुस्ताको हिजोदेखि सुरुभएको प्रदर्शन आजपनि देश व्यापी रुपमा भइरहेको छ । सुरक्षाकर्मीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्युपछि प्रदर्शनगर्दै हिडेका समुह थप आक्रोषित देखिएका छन् ।

Share:

सम्बन्धित समाचारहरु