चितवनमा भेटिएका शवका आफन्तलाई होटल व्यवसायी संघले दिने भो निःशुल्क खाना र आवास

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति होटल व्यवसायी संघ चितवनले गहिरो दुःख व्यक्त गर्दै पीडितहरूका लागि निःशुल्क खाना र आवासको व्यवस्था गर्ने घोषणा गरेको छ।

संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोटेकोशी, टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा बाढीले सिर्जित विपद्प्रति समवेदना प्रकट गर्दै खोज, उद्धार, राहत तथा पुनस्थापन कार्यलाई तीव्रता दिन सरकार र सम्बद्ध निकायहरूसँग माग गरेको छ।

शवको पहिचान र खोजीमा आउने आफन्तलाई निःशुल्क बसोबास

चितवन क्षेत्रमा भेटिएका शवको पहिचान तथा खोजीका लागि आउने मृतकका आफन्तजनहरूलाई जिल्ला प्रशासन कार्यालयको सिफारिस वा पहिचान पत्रका आधारमा संघमा आबद्ध होटलहरूमा निःशुल्क खाना र बासको प्रबन्ध मिलाइएको संघका अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिएका छन्।

विपदको यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्‍याउन संघले कृष्ण कुमार महतोको संयोजकत्वमा विशेष कार्यदल/समिति समेत गठन गरेको छ।

क्षेत्रगत सम्पर्क व्यक्ति तथा टेलिफोन नम्बरहरू:

  • समिति संयोजक: कृष्ण कुमार महतो (९८५५०५०६८८)

  • नारायणगढ क्षेत्र: विष्णु प्रसाद भुषाल (९८५५०८५११५)

  • कृष्णापुर क्षेत्र: इन्द्र प्रसाद रिजाल (९८४७६३४४४४)

  • भरतपुर क्षेत्र: रामचन्द्र लामिछाने (९८४५०९०५२३)

  • शिवघाट क्षेत्र: नवराज कुँवर (९८५५०१६१४५)

  • रामनगर–दासढुंगा–सिमलताल क्षेत्र: दिपेन्द्र मिश्र (९८५५०५७०१०)

  • इच्छाकामना, मुग्लिन–चुम्लिङटार क्षेत्र: पुजन भण्डारी (९८२७२५४४१८)

  • माडी क्षेत्र: गोपाल श्रेष्ठ (९८४५०५०८५७)

  • पश्चिम चितवन मेघौली गोलाघाट क्षेत्र: भिमसेन कुमाल (९८४५७९२१८९)

  • केन्द्रीय सदस्यहरू: यज्ञ बहादुर कार्की, पुजन कोइराला, अर्जुन लामिछाने, सन्देश चापागाईँ

संघले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दा, व्यवसायी र यात्रुहरूलाई सतर्कता अपनाउन र आधिकारिक सूचनाको मात्र पालना गर्न अपिल गरेको छ। साथै, विपद्बाट प्रभावित होटल तथा पर्यटन व्यवसायी र श्रमिकहरूका लागि राहत तथा पुनर्स्थापना प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

Share:

सम्बन्धित समाचारहरु