रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यू

रत्ननगर, ३० भदौं । खैरहनीको कुमरोज र रत्ननगरको सिमानाबाट बग्ने  ढुङ्ग्रेखोलामा गोहीको आक्रमणबाट शनिबार एक जनाको मृत्यू भएको छ ।

सामुदायिक वनमा घाँस काट्न गएको बेला गर्मी छल्न खोलामा नुहाउन गएका रत्ननगर वडा नं ५ मगरटोलका ४२ बर्षिय फगुना महतोको मृत्यू भएको जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए ।  घटना दिउसो ५ बजे सो वन क्षेत्रमा भएको हो । शवको मुचुल्का उठाएर पोष्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको छ ।

 

Share:

सम्बन्धित समाचारहरु