निर्वाचन सुरक्षामा कडाइ : आकाशबाट निगरानी गरिने

काठमाडौं । भोलि सञ्चालन हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशैभरि हेलिकप्टरमार्फत हवाई गस्ती गरिने भएको छ।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सबै निर्वाचन क्षेत्रमा आकाशबाट निगरानी बढाउने निर्णय गरेको हो। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले नेपालप्रेससँग कुरा गर्दै निर्वाचनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको जानकारी दिइन्।

उनका अनुसार Nepal Army का हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गरिनेछ।

“भोलि देशैभरि हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय भएको छ। साथै, आकस्मिक अवस्थाका लागि हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा राखिनेछ,” सहप्रवक्ता सुवेदीले बताइन्।–000–

Share:

सम्बन्धित समाचारहरु