काठमाडौं,असार २३
साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ ।
काठमाण्डौ उपत्यकामा चल्ने यी बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । चालक र परिचालकमा महिलालाई प्राथमिकता दिइएको पाण्डेले बताउनुभयो । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।