धादिङमा ३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

फागुन २० धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ ।

प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो ।जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।

साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजासमेत प्रहरीले जलाएर नष्ट गरेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु