उज्यालो नेपालको केन्द्रीय कार्यालय ‘उज्यालो घर’ भोलि उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको छ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन ऊर्जामन्त्री घिसिङकै प्रमुख आतिथ्यतामा हुने उज्यालो नेपालले जनाएको छ। पार्टीले केन्द्रीय कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ।

उज्यालो पार्टीका अनुसार ‘उज्यालो घर’को औपचारिक उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरु हुनेछ। यसैबीच, उज्यालो नेपालले आज (बुधबार) जनमत पार्टीबाट उपाध्यक्ष पदबाट कारबाहीमा परेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्ने भएको छ।

Share:

सम्बन्धित समाचारहरु