काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेनको सेभिल सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाँदैछन्।
उनी असार १६ देखि १९ गतेसम्म हुने ूविकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनूमा सहभागी हुने तय भएको हो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै भनिन्, “तयारीमा नेपालले धेरै अभ्यास गरेको छ । प्रधानमन्त्री पनि यसमा जानुहुन्छ।”
उनका अनुसार नेपाल सम्मेलनको आयोजक समितिमा समेत रहेको छ। यसै सन्दर्भमा केही दिनअघि भएको भर्चुअल बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनमा दिगो विकास लक्ष्य ९क्म्न्क० को कार्यान्वयन, अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार, र नयाँ–उदीयमान विकास मुद्दाहरूलाई प्राथमिकता दिइने जनाइएको छ।


