चितवन, ६ चैत्र । सोफा होलसेलले आफ्नो तेश्रो शाखा चितवनको भरतपुर स्थित धर्म चोक लंकुमा सुरु गरेको छ ।
आज एक कार्यक्रमका बीच उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले चितवनमा यस्ताखालको व्यापार व्यवसाय थपिदै जाँदा चितवनको आर्थिक चलायमान हुने बताउनुभयो । अहिलेको युवाहरु विदेश जान लालायित भइरहेका बेला स्वदेशमै केहीगर्नुपर्छ भन्ने उद्देश्यले चितवनमा लगानीगर्ने आटलाई सम्मानगर्नुपर्ने उहाँको भनाई छ ।

सोफा होलसेलमा नयाँखालका सोफाहरु देख्न पाइएको भन्दै अध्यक्ष श्रेष्ठले यसलाई प्रर्वद्धनगर्ने दायित्व हामी सबैको भएको स्मरण गराउनुभयो । बजार क्षेत्रका सटरहरु बन्दहुँदै गइरहेका बेला चितवनमा व्यापार व्यवसायगर्ने उद्देश्यले उहाँहरुले गर्नुभएको लगानीले व्यवसायीहरुलाई समेत उत्साहित बनाउने दावीगर्नुभयो । यसले चितवनको आर्थिक चलायमान छ भन्ने सन्देश जान्छ उहाँले भन्नुभयो ।
गुण्स्तरिय सोफा र फर्निचरहरु विक्रीगर्ने उद्देश्यले भरतपुर वडा नं. ४ का राजु ज्ञवाली र तार्कोश्वर नगरपालिका, ५ काठमाण्डौंका धुब्र काप्रीदुइजना मिलेर तेश्रो शाखाको रुपमा चितवनमा सोफा होलसेल सुरु गरेका हुन ।
१० हजार देखि १ लाख मूल्यक सम्मका सोफा पाइनेगरी सोफा होलसे सुरु गरिएको संचालक धुब्रप्रसाद कात्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म ५० लाखको लगानी गरिएको छ । अहिले चितवन र नवलपुरको गैडाकोट सम्मका ग्राहकहरुलाई सोफा वा फर्निचरहरु किन्दा होमडेलीभरीको सूविधा छ । – विभिन्न प्रकारका सोफाहरु पाँचवर्षदेखि १५ बर्ष सम्म वारेन्टीका साथ विक्री वितरण गछौं उहाँले भन्नुभयो ।
सोफा र फर्निचरका सामग्रहीहरु अनलाईनवाट समेत अर्डर गर्न सकिने व्यवस्था छ ।
आफ्नै फ्याक्ट्रीमा उदपादन गरिएको सोफा र फर्निचरका सामग्रीहरु सेवाग्राहीको आवश्यकता अनुसार घर वा अफिसमा डेलिभरी गरिने अर्का संचालक राजु ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवाली फेन्सी व्यवसायीहुन । लामो समयदेखि फेन्सी व्यवसायगर्दै आउनुभएका ज्ञवालीले चितवनमा सोफा र फर्निचरका सामग्रीहरुको राम्रो खपतहुने सम्भावना देखेर यो क्षेत्रमा लगानी गरेको बताउनुभयो । फेन्सी व्यवसायलाई समेत यथावत राख्दै यो क्षेत्रमा पनि जोडिएको छु उहाँले भन्नुभयो ।
काण्ठमाण्डौं, विर्तामोड पछि चितवनमा यो तेश्रो शाखा हो ।





—-00—


