रौतहट।
रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
गौर–१ स्थित सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको ज्यान गएको प्रहरीले जनाएको छ।
सात जनाको समूह घाँस लिन गौरतर्फ जाँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए।
डुबेका मध्ये चार जनालाई स्थानीयले ज्यानै बचाएर उद्धार गरेका थिए भने तीन जनाको शव पछि फेला परेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजीकार्य सञ्चालन गर्दै गर्दा बालिकाहरूको शव भेटिएको थियो।
तीनै जनाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
