पूर्ण चौधरी (निशान)द्वारा बुद्धि राज लामाप्रति भावुक सम्मान र कृतज्ञता

चितवन — पूर्ण चौधरी (निशान)ले सामाजिक सञ्जाल फेसबुकमार्फत बुद्धि राज लामाप्रति सम्मान, कृतज्ञता र भाइचारा झल्किने भावुक स्टाटस सार्वजनिक गरेका छन्। “आदरणीय तथा प्यारो दाइ बुद्धि राज लामा” भनी सम्बोधन गर्दै चौधरीले जीवनमा प्राप्त माया, स्नेह र साथ–सहयोग कहिल्यै नबिर्सने उल्लेख गरेका छन्।

स्टाटसमा चौधरीले लेखेका छन्, “मेरो भविष्य उज्ज्वल होस् भन्ने सच्चा मनसायले तपाईंले गर्नुभएको प्रत्येक सहयोग, स्नेह र अपनत्वप्रति म सधैँ हृदयदेखि ऋणी रहनेछु।” साथै, उनले दाइ बुद्धि राज लामाको हरेक सुख–दुःखमा माया, सम्मान र अटुट साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

बुद्धि राज लामा विगत १२–१३ वर्षदेखि परिवारसहित जापानमा बसोबास गर्दै आएका छन्। हाल उनी प्रवासी नेपाली मञ्च जापानको राष्ट्रिय कमिटी सदस्य तथा गुन्मा केन (Gunma-ken) इन्चार्जको जिम्मेवारीमा सक्रिय छन्। प्रवासमा रहेर पनि उनी सामाजिक, सांस्कृतिक तथा आपसी सहयोगका गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

नेपालमा रहँदा बुद्धि राज लामा समाजमा मिलनसार, सहयोगी र सबैको दुःख–सुखमा साथ दिने व्यक्तित्वका रूपमा परिचित थिए। केही समय उनी शिक्षक पेसामा समेत आबद्ध थिए। उनको स्थायी ठेगाना चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर–७ रहेको छ।

पूर्ण चौधरी (निशान)को फेसबुक स्टाटसले बुद्धि राज लामाको व्यक्तित्व, सामाजिक योगदान र मानवीय गुणलाई उजागर गर्नुका साथै दाजु–भाइबीचको आत्मीय सम्बन्धलाई पनि स्पष्ट रूपमा प्रस्तुत गरेको छ। सामाजिक सञ्जालमा उक्त स्टाटसले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु