चितवन । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सडक डिभिजन कार्यालय चितवनको निरिक्षण गर्नुभएको छ । चितवनमा निर्माण भइरहेको विकास आयोजनाहरुको निरिक्षण तथा विभिन्न कार्यक्रममा सहभागि हुन आज साँझ चितवन आउनुभएका मन्त्री श्रेष्ठले सडक डिभिजन कार्यालयको निरिक्षण गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले यहाँ परेका आयोजनाहरु छिटो भन्दा छिटो मादण्ड पालना गरि गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्र्रमुखलाई निर्देशन दिनुभयो । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन अभियान सुरु गर्न आफु चितवन आएको बताउनुभयो । साथै उहाँले देशभरका योजनाहरु समयै सम्पन्न गराउन अनुगमन र निरिक्षणलाई आफुले तीव्र बनाइने बताउनुभयो ।
उपप्रधमन्त्री श्रेष्ठले भोली चितवनको सिक्स ल्याण्ड सडक, वाइपास सडक, हुलाकी सडक, मुग्लिन –नरायणगढ सडक , नारायणी नदी तटबन्धन र नारायणी नदीमा निर्माण हुन गईरहेको सिग्नेचर ब्रीचको स्थलगत निरिक्षणसमेत गर्ने जनाएको छ।
उहाँ भोली श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।