काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीचको पार्टी एकता आज औपचारिक रूपमा घोषणा हुँदैछ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुनेछ। रास्वपाका अनुसार असल शासन र समुन्नतिको साझा दृष्टिकोणका कारण यी दुई दलबीच एकीकरण हुन लागेको हो। विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गर्दै निःसर्त एकतामा जाने निर्णय गरिसकेको छ।
वि.सं. २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको विवेकशील अभियान २०७० मा विवेकशील नेपाली दलका रूपमा चुनावमा सहभागी भएको थियो। रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो। –00—

