एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज साउदी अरेबियासँग भिड्दै

काठमाडौं,२३ साउन । नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेल साउदी अरेबियासँग खेल्दैछ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल दिउँसो १:४५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेर अंक बाँडेको थियो। यद्यपि, साउदी अरेबियाले भने आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को भारी हार व्यहोरेको थियो। बलियो टोली मानिने उत्तर कोरिया २ पटक महिला विश्वकप विजेता रहिसकेको छ, र नेपालले यससँग अझै खेल्न बाँकी छ।

छनोट चरणमा प्रत्येक समूहको विजेता टोली प्रत्यक्ष एसियन कपमा प्रवेश पाउनेछ भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने व्यवस्था छ। –00–

Share:

सम्बन्धित समाचारहरु