चितवनमा राहदानीका लागि भोलीदेखि अग्रिम अनलाईन आवेदन दिन सकिने

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राहदानी सेवालाई सरल,सहज र झन्झटरहित बनाउन अग्रिम अनलाईन आवेदनको व्यवस्थागर्ने भएको छ । भोली १८ गतेदेखि राहदानी (पासपोर्ट ) को अग्रिम अनलाईन आवेदन दिन सकिने व्यवस्था गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै भोली १२ बजेदेखि अग्रिम अनलाईन आवेदन दिन सकिने जनाएको छ।

राहदानी विभागको पत्रानुसार राहदानी सेवालाई सरल, सहज र झण्झटरहित बनाउन अनलाइन आवेदन दिने व्यवस्था मिलाइएको जनाइएको छ । १ महिनामा ३ हजार जनाले आवेदन दिन सक्नेछन् । दैनिक १ सय २० जनाले पासपोर्टका लागि आवेदन दिन सक्नेछन् । ३ हजार संख्यामा आवेदन संकलन भैसकेपछि फेरी १ महनिाका लागि एकसाथ अनलाइन आवेदन खुल्ला गरिने जनाइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु