काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि उनलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ।
भण्डारीले रातारात होटलमै मधेश प्रदेशका मुख्यमन्त्रीलाई नियुक्त गरी शपथ गराएको घटनापछि चौतर्फी विरोध भएको थियो। उक्त घटनालाई असंवैधानिक र विवादास्पद निर्णयको रूपमा व्याख्या गरिएको थियो।
यससँगै सरकारले नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ।


–00—


