काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का तर्फबाट समानुपातिक सांसद बनेका रामबहादुर थापा ‘बादल’ एकै ठाउँमा देखिएका छन्।
बिहीबार (चैत १२) सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा पद तथा गोपनीयताको शपथ लिन पुग्दा दुवैजना सँगै देखिएका हुन्।
०६४ सालमा पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका दुवै नेता झन्डै १८ वर्षपछि संसद्मा एकै ठाउँमा देखिएका हुन्। सशस्त्र द्वन्द्वकालदेखि नै लामो समय एउटै पार्टीमा आबद्ध रहेका उनीहरू पछिल्लो समय भने फरक–फरक राजनीतिक धारमा रहेका छन्।
रामबहादुर थापा ०७४ सालमा माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट सहभागी भएका थिए।
०७८ सालमा नेकपा विभाजन भएपछि थापाले आफूलाई मन्त्री बनाउने माओवादी केन्द्र त्यागेर गृहमन्त्री पदमै रहँदै एमाले रोजेका थिए।–00–


